विन्ध्येश्वरीमा सिपिएस अभिभावकीय तालिम
पाेखरा | भदौ १७, २०८१
‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ पोखरा १ मोहरियाटोलमा सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सिपिएस अभिभावकीय तालिम तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
लावण्य इन्टरनेसनल काठमाडौँका प्रबन्धक निर्देक मनोज पण्डितको प्रमुख आतिथ्यतामा तथा गण्डकी प्रदेशका बजार व्यवस्थापक प्रमुख हरि खनालको आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्दै उहाँले विद्यालय प्रशासन, शिक्षक र अभिभावकको संयुक्त प्रयासबाट नै नानीबाबुलाई संस्कारयुक्त असल बनाउन सहयोग पुग्ने बताउनुभयो ।
साथै लावण्य र सि.पि.एस.को बारेमा पनि प्रष्ट्याउनु भएको थियो ।
कार्यक्रममा कक्षा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरुले आफूले सिकेका कुराहरु प्रस्तुत गरेका थिए ।
विद्यालयकी सि.पि.एस. प्रमुख रोजिना लगुनले शिक्षक तथा अभिभावक बिचमा सहजीकरण गर्नुभएको थियो ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षिका माया क्षेत्रीले गर्नुभएको थियो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...
काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

